
काठमाडौं, चन्द्रागिरी नगरपालिकामा-३ मा बढी मतपत्र भेटिएपछि विवाद निम्तिएको छ । नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको स्थानमा ९ वटा मत बढी भेटिएकाले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत दलहरूको विवाद सिर्जना गरेका हुन् ।
चन्द्रागिरी राप्रपा प्रतिनिधि नन्ददास अमात्यका अनुसार मत विवाद मिलाउन हाल काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत सबै दलका प्रतिनिधि बसेर विवाद टुङ्ग्याउने प्रयास भइरहेको छ ।







