
स्थानीय तहको निर्वाचनमा ६ वटा महानगरपालिकामध्ये अधिकांशको मतगणना सुरु भएको छ ।काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । उनको पछाडि एमालेका केशव स्थापित र सिर्जना सिंह छन् ।
ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पछि पारेका छन् ।
विराटनगरमा कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापालाई पछि पारेका छन् । भरतपुरमा माओवादी केन्द्रका रेणु दाहाललाई पछि पार्दै एमालेका विजय सुवेदीले अग्रता लिएका छन् ।पोखरा र वीरगन्ज महानगरपालिकामा मतगणना सुरु भएको छ ।







