काठमाडौं,स्थानीय तह निर्वाचनमा १२ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा (एमाले) ले ६ स्थानमा विजय हासिल गरेकाे छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएकाे छ । मनाङकाे सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई पालिका एमाले र दुई पालिकामा कांग्रेसले जितेको छ ।

नेकपा एमाले
मुस्ताङको चार पालिकाको पनि मत परिणाम सार्वजनिक भइ सकेकाे छ । जहाँ तीन पालिका एमालेले जितेको छ । त्यस्तै, डोल्पाको एक पालिका पनि एमालेले जितेको छ ।१२ पालिकामध्ये एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र नेकपा एकीकृत समाजवादी दुई पालिका जितेर तेस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले एक पालिका जितेकाे छ ।
नेपाली कांग्रेसले मनाङका दुई र मुस्ताङका एक गरी तीन पालिका जितेर दोस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादी दुई पालिका निर्विरोध निर्वाचित भएको हाे । भने नेकपा माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ ।
१ डोल्पा शे-फोक्सुन्डो गाउँपालिका धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित
२ मनाङ्ग चामे गाउँपालिका लोकेन्द्र बहादुर घले विजयी
३ मुस्ताङ लो-घेकर दामोदरकुण्ड लोप्साङ छोम्पेल विष्ट विजयी
४ मुस्ताङ ङिस्याङ गाउँपालिका कान्छा घले विजयी
५ मुस्ताङ लोमन्थाङ टसी न्हुर्वु गुरुङ विजयी
६ मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका रिङजीन नामगेल गुरुङ विजयी भएका छन् ।
नेपाली कांग्रेस
१ मनाङ नार्पाभूमि गाउँपालिका कोन्जो तेन्जिङ लामा (अध्यक्ष) विजयी
२ मुस्ताङ घरपझोङ गाउँपालिका मोहन सिंह लालचन (अध्यक्ष) विजयी
३ मनाङ नासों धनबहादुर गुरुङ (अध्यक्ष) विजयी
नेकपा (एकीकृत समाजवादी)
१ डोल्पा काइके गाउँपालिका अंगद कुमार राना (अध्यक्ष) निर्विरोध निर्वाचित
२ डोल्पा छर्का ताङसोङ गाउँपालिका सोनाङ गुरुङ (अध्यक्ष) निर्विरोध निर्वाचित
नेकपा (माओवादी केन्द्र)
१ डोल्पा जगदुल्ला नारासिं रोकाय (अध्यक्ष) विजयी







