
डडेलधुरा, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको आफ्नै वडा डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बीपी) ले नेपाली कांग्रेसलाई पराजित गरेको छ । कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उमेदवारलाई पराजित गरेको हो ।
‘करुवा’ चुनाव चिह्न कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत पाउदा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन् ।
यसैगरी कांग्रेसले कारबाही गरेका नेता कर्ण मल्लका अनुसार प्रधानमन्त्री देउवाको वडामा कांग्रेस (बीपी)ले प्यानलै जितेको छ । कांग्रेसबाट निस्कासित मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।







