
काठमाडौं, युएईका शेख खलिफा बिन जायेद अल नहयानको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले
श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् । उनले शोक वक्तव्यमा जारी गर्दै शेख खलिफालाई दूरदर्शी नेता बताएकी हुन् ।
वक्तव्यमा उनले भनेकी छिन्, ‘दिवंगत शेख खलिफा बिन जायेद अल नहयान एक दूरदर्शी नेता र राजनेता थिए । उनको अतुलनीय योगदानले युएईलाई समृद्ध र आधुनिक बन्न सघाउ पुर्याएको छ ।’
सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए । सन् २००४ मा उनका पिता तथा युएईका संस्थापक जायद विन सुल्तान अल नाह्यानको मृत्युपछि खलिफा विन जायाद अल नाह्यान राष्ट्रपति बनेका थिए ।
यसैगरी सन् २०१४ मा गम्भिर प्रकारको हृदयघातबाट थलिएर हिँडडुल गर्न नसकेपछि उनका सौतेनी भाइ मोहम्द बिन जायेद बिन सुल्तान अल नाह्यानले उनको सबै काम गर्दै आएका थिए। उनको भूमिका सेरेमोलियलमा सिमित भएको थियो ।







