काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । अहिले वडा नम्बर १ र ३२ को मत गणना सुरु भएको हो ।

काठमाडौं महानगरपालिकामा नेकपा एमाले, नेपाली कांग्रेससहित राजनीतिक दल र स्वतन्त्र गरी ५५ जना प्रमुखका उम्मेदवार छन् ।निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरु भएको हो । कार्यालयले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरेपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सुरुआती चरणमा एक ठाउँबाट गणना भएको र केहीबेरमा गणनास्थल थप गरिने उहाँले जानकारी दिनुभयो । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।
काठमाडौँ महानगरपालिकाको मतगणना स्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको हो ।
मतगणना गर्न सबै दल तयार भएसँगै निर्वाचन आयोगले मतगणनाको तयारी गरेको छ । महानगरको ३१ र ३२ वडाबाट मतगणना सुरु गर्ने आयोगले बताएको छ ।







