
काठमाडौं – नेपालमा हालसम्मकै सबैभन्दा धेरै काेराेना संक्रमित फेला परेकाे छ । आजमात्रै कोरोना भाइरस संक्रमित १ हजार १६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षण गर्दा यति धेरै संक्रमित फेला परेकाे हाे ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उहाँका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू दशहजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६ रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ११४ जनाकाे मृत्यु भएको छ जसमध्ये आजमात्र ७ जना थपिएका हुन् ।





