
काठमाडौं, काठमाडौं उपत्यकामा आज मात्र २०५ जना काेराेना संक्रमित थपिएका छन् उक्त संख्या पछिल्लो चौबीस घण्टाकाे हाे हालसम्मकै सबैभन्दा बढी २०५ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ले जानकारी गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा देशभरि हालसम्मकै उच्च एक हजार १६ जना सङ्क्रमित पुष्टि भएकोमा काठमाडौं उपत्यकाका मात्रै २०५ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना सङ्क्रमित थपिएको हाे ।
कठमाडौं उपत्यकामा पछिल्लो एक सातादेखि संक्रमित बढ्दै गएको छ । देशभर हालसम्म ११४ जना संक्रमितको मृत्यु भैसकेको छ । जसमध्ये आज मात्र ७ जनाकाे मृत्यु भएको हाे ।





