
काठमाडौं, काठमाडौं महानगरपालिकाका नेकपा (एमाले) तर्फका मेयर पदका उम्मेदवार केशव स्थापित र उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलसहितका अन्य उम्मेदवारहरुले शनिबार भित्री सहरका ११ वडाको पदयात्रा एकैपटक गरेका छन् ।
नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाका अनुसार एमाले उम्मेदवारहरूले भित्री सहरका १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी ११ वटा वडामा एकैपटक पदयात्रासहितको घर–दैलो कार्यक्रम गरेको हो ।





हनुमानढोकास्थित कालभैरव नजिकैबाट सुरु भएको पदयात्रा वसन्तपुर, जैशीदेवल, लगन, भिमसेनस्थान, नरदेवी, अनशन, क्षेत्रपाटी, बाङ्गेमुढालगायतका स्थानसम्म पुगेको थियो ।
यसैगरी स्थानीय एवं मतदाताले घर–घर, चोक–चोक र गल्ली–गल्लीमा पदयत्रामा सहभागी उम्मेदवारलाई स्वागत गरि केही ठाउँमा भने सगुन खुवाएर विजयीको शुभकामना दिएका थिए ।







