
धनुषा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघठन गरेपछि आफूहरु गठबन्धन गर्न बाध्य भएको बताएका छन् ।आज धनुषाको धल्केबरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिलेको लडाइँ परिवर्तनविरोधी र परिवर्तनकारी शक्तिबीचको लडाइँ हो ।’ यसैगरी प्रचण्डले नागरिकतासम्बन्धी विधेयक अघि बढाउने बताएका छन् । अब संसद् सुरु भए लगत्तै अवरोध जारी नै रहे पनि नागरिकतासम्बन्धी सम्पूर्ण समस्या समाधान गरिने आश्वासन दिए ।
आफू प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि प्रयास गर्दासमेत एमालेले गर्न नदिएको आरोप लगाए ।







