
काठमाडौं, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आज बुटवल पुगेका छन् । देउवा स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल आएका हुन् ।
उनी सेनाको हेलिकप्टरमा बुटवल पुगेका हुन् भने हाल बुटवलको देविनगरमा गठबन्धनको चुनावी सभा रहेको छ ।







