
काठमाडौं, पछिल्लो समय विभिन्न तबरबाट आचरण विपरीतका गतिविधि गरेका ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेका उनिहरूलाई सेवाबाट नै बर्खास्तमा गरिएको छ ।
यसअघि सरकारले निर्वाचन प्रयोजनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू ४० दिनसम्म खटिनुपर्छ ।
यसरी कारबाहीमा पर्नेहरूमा माद्क पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
यसैगरी कारबाहीमा परेकामध्ये एक जना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् भने उनी हाल काठमाडौंमा उपत्यकामा खटिएका थिए । म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्ने भए पनि यता ४६ जनाबाट भने गैर व्यावसायिक आचरण प्रदर्शन भएकोले उनीहरूलाई कारबाही गरिएको केसीको भनाई ।







