
काठमाडौं, नेपालमा चालू आर्थिक वर्षको ९ महिनामा २८ करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । गत साउनबाट चैतसम्मको अवधिमा २८ करोड १६ लाख ८२ हजार रुपैयाँ बराबरको ४५६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो ।
भन्सार विभागका अनुसार नेपालबाट विश्वका १० वटा देशमा यार्सागुम्बा निर्यात हुँदै आएको छ । जसमा कम्बोडियामा १८ करोड ८८ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ भने हङकङमा ३ कोड ६९ लाख रुपैयाँको र सिंगापुरमा ८० लाख रुपैयाँको निर्यात भएको छ ।
यस्तै दक्षिण कोरियामा ६६ लाख रुपैयाँ र फ्रान्समा ६२ लाख रुपैयाँको निर्यात भएको छ ।







