
काठमाडौं, सोमबार एकै दिन प्रति तोला २२ सय रुपैयाँले बढेर एक लाख ४०० रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी महांसघका अनुसार सोमबार चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ।
कोरोना भाइरसले विश्वव्यापी रुपमा असर पुर्याएसँग सुनको भाउ बढिरहेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔन्स १९९४ डलरमा कारोबार भैरहेको छ।





