
काठमाडौं, काठमाडौं महानगरपालिकामा कांग्रेस एक्लैले संकल्प पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । सत्तारुढ दलले गठबन्धन गरेपनि बिहीबार दिउँसो बबरमहलस्थित कार्की ब्याङ्केटमा कांग्रेस एक्लैले संकल्प पत्र सार्वजनिक कार्यक्रम गरेको हो ।
स्थानीय तह निर्वाचनको घोषणापत्रलाई नै कांग्रेसले संकल्प-पत्रको नाम दिएको हो । गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार बनेकी छन् भने उनैले आज संकल्प पत्र सार्वजनिक गर्न कार्यक्रम आयोजना गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिकामा उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ । एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठले भने उपमेयरमा उम्मेदवारी दिएका छन् ।







