September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह

File photo

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका उनले बिहिवार एक विज्ञप्ती जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

देउवाले आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाहरुलाई देउवाले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गर्न समेत आग्रह गरेका छन् ।

देउवाले विज्ञप्तीमा लेखेका छन्,‘पार्टीको विजयको लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको होस् वा सत्ता गठबनधनका दलहरुसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

शीर्ष समाचार

धेरै पढिएको