काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी दर्ता

काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५६ जनाको उम्मेदवारी परेको छ ।र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट र बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएको छ। प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् ।
उपप्रमुखमा उम्मेदारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । उम्मेदवारमध्ये १२ महिला छन् ।आसन्न निर्वाचनका लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । मनोनयनको पहिलो दिन ११ गते प्रमुखका लागि १६ ले र उपप्रमुखका लागि १७ जनाले उम्मेदवारी दिएका थिए ।
प्रतिकृया दिनुहोस्