February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

राष्ट्रपति र विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेट

नेपाल भ्रमणमा रहेका भएका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नेपालले सञ्चालन गरेको खोप अभियानको प्रशंसा गरेका थिए । यसैगरी महामारीका बेला विश्व स्वास्थ्य संगठनले नेपाललाइ पुर्‍याएको सहयोगका विषयमा पनि छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी आजै महानिर्देशक टेड्रोसले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गरेका हुन् । प्रधानमन्त्री देउवा र डब्लुएचओ प्रमुख टेड्रोस बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा नेपालले कोरोना महामारीका समयमा अवलम्वन गरेको स्वास्थ्य नीति र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ।

शीर्ष समाचार

धेरै पढिएको