September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

वीरगञ्ज नाकाबाट सवा ५ खर्बको आयात, निर्यात ६९ अर्बमात्रै

आयात–निर्यात कारोबार परिमाणका आधारमा देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महीनामा करीब ६ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि चैतसम्ममा ५ खर्ब ९२ अर्ब रुपैयाँबराबरको वस्तु आयातनिर्यात भएको हो । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले ५ खर्ब २२ अर्ब रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने ६९ अर्ब रुपैयाँबराबरको मात्रै भएको बताए ।

गत वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा कुल व्यापार ५० प्रतिशतले बढेको तथ्यांक भन्सारसित छ । गत वर्ष कुल व्यापार ३ खर्ब ९४ अर्ब रुपैयाँबराबर थियो ।

यो वर्ष आयात ४४ प्रतिशतले वृद्धि हुँदा निर्यात ११९ प्रतिशतले बढेको देखिन्छ । गत वर्षको साउनदेखि चैतसम्ममा ३१ अर्ब रुपैयाँको वस्तु निकासी भएको थियो । आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको