February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

गठबन्धन कुनै पनि हालतमा तोड्न हुँदैन: देउवा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको दलहरुबीचको गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरा पुन: दोहोर्‍याउनुभएको छ । गठबन्धनका कारणले अहिले नेपाली काँग्रेसले विभिन्न प्रदेश सरकारको नेतृत्व गरिरहेको भन्नुहुँदै सभापति देउवाले यसलाई आफ्नो सफलतासँग जोड्नुभएको थियो । सभापति देउवाले गठबन्धनलाई कुनैपनि हालतमा तोड्न नहुने पनि धारणा राख्नुभयो ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा नेवि संघले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले नेवि संघको संगठन स्कुलदेखि कलेजसम्म विस्तार गर्न नेवि संघलाई निर्देशन पनि दिनुभएको थियो ।

नेपाल गाउँ नै गाउँको देश भएकोले गाउँबाटै संगठनको आधार निर्माण गर्न सभापति देउवाले नेवि संघको कार्यवहाक सभापतिलाई निर्देशन दिनुभएको हो ।

कार्यक्रमा सम्बोधन गर्नुहुँदै उहाँले अब देशको नेतृत्व लिने जिम्मेवारी युवा र विद्यार्थीहरुमा आएकोले यसका लागि तयार रहन आग्रह गर्नुभयो ।नेवि संघका आम कार्यकर्ताहरुले पढाइ र क्षमतालाई अब्बल बनाउँदै देशको नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो । सभापति देउवाले पढाइमा फेल हुने अनि नेता बन्छु भन्दा जनताले नपत्याउने धारणा पनि राख्नुभयो ।

शीर्ष समाचार

धेरै पढिएको