September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ: प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताएका छन् । मंगलबार नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौँ, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ, गठबन्धन अहिले तोड्नु हुँदैन, निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ ।”

प्रधानमन्त्री देउवाले नेविसङ्घको सङ्गठन देशभरका कलेज र क्याम्पससम्म फैलिएको तरपनि हामी किन स्ववियु निर्वाचनमा हारिरहेको बताए । सोबारे नेविसङ्घ गम्भीर हुनुपर्ने उनको भनाई छ ।

शीर्ष समाचार

धेरै पढिएको