February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

पोखरामा कांग्रेस र समाजवादीको तालमेल टुटेको घोषणा

पोखरा महानगरको मेयर लगायतका पदमा सत्ता गठबन्धनका दुई दलबीच तालमेल टुटेको छ । मुख्य पदमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले आफ्नो दाबी नछाडेपछि कांग्रेसले समाजवादीसँग तालमेल टुटेको घोषणा गरेको हो ।

कास्की कांग्रेसले एक विज्ञप्ती जारी गर्दै समाजवादीको अस्वभाविक दाबीको कारण सहमति जुट्न नसकेको उल्लेख गरेको छ । कांग्रेसले नेकपा समाजवादीसँगको गठबन्धन टुटेको भन्दै समाजवादीसँग प्रतिस्पर्धामा जाने निर्णय गरेको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको