February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस तीन दिने भ्रमणका लागि नेपाल आउँदै

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस वैशाख ८ गते नेपाल आउने भएका छन् ।

सचिव डा. रोशन पोखरेलका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा संगठनका महानिर्देशक डा. ट्रेडोस तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा महानिर्देशकले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने छन् ।

यसैगरी कोभिड महामारीमा उल्लेखनीय काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गर्ने बताइएको छ ।

महानिर्देशक डा. ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह पनि नेपाल भ्रमणामा आउने छिन् ।

शीर्ष समाचार

धेरै पढिएको