February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

काठमाडौं मेयरका लागि एमालेबाट ५ जनाको नाम सिफारिस

काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको हो ।

मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरिएको छ ।

यसैगरी सिफारिस भएका ५ पाँच जनामध्येबाट पार्टी केन्द्रले मेयरको उम्मेदवार छान्नेछ । त्यसैगरी उपमेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको