October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

निर्वाचनप्रति हुनेखालको अभिव्यक्ति नदिन नेताहरूलाई आयोगको आग्रह

स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकाबेला निर्वाचन आयोगले स्थानीय तह निर्वाचनप्रति संशय जनाउने अभिव्यक्ति नदिनका लागि राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको छ ।

आयोगले विहीबार नियमित पत्रकार भेटघाट मार्फत् सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको हो । राजनीतिक दलका नेताहरूले निर्वाचन सर्ने लगायतका अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको बताए । निर्वाचनको विषयमा अन्योलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिन सरोकारवाला सबैलाई आयोग ध्यानाकर्षण गराएको छ ।

शीर्ष समाचार

धेरै पढिएको