September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

बारामा जीप दुर्घटना हुँदा १२ जना घाइते, चालकको मृत्यु

file photo

बारा, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१, आधाभार जंगलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

आज बिहान करिब पौने ९ बजे सिमराबाट हेटौँडातर्फ आउँदै गरेको बा१९च ४३७७ नम्बरको जीप अनियन्त्रित भई पल्टिएको हो ।

सो दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाईंको मृत्यु भएको हो । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरास्थित अल्पाइन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

यसैगरी घाइते भएका जीपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने घाइतेमध्ये चार जनाको अवस्था जटिल छ ।

शीर्ष समाचार

धेरै पढिएको