October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

लामो रस्साकस्सीपछि गठबन्धनको चुनावी तालमेलको मापदण्ड तयार

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा चुनावी तालमेलको मापदण्ड बनेको छ । गठबन्धनले स्थानीय तहमा चुनावी तालमेलका लागि तयार पारेको सात बुँदे मापदण्ड माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्ताव भएको खुलेको छ ।

प्रचण्डले माघको दोस्रो साता काँग्रेस महामन्त्री गगन थापासँगको छलफलमा पहिलो पटक स्थानीय तहको चुनावी तालमेलको सूत्र सुनाएका थिए । त्यसपछि प्रचण्डले सार्वजनिक कार्यक्रमदेखि र आन्तरिक बैठकमा उक्त सूत्र सुनाउने गरेका थिए ।

माघको दोस्रो साता खुमलटार पुगेका थापालाई प्रचण्डले सुनाएको सूत्र अनुसार नै मंगलबार गठबन्धनले मापदण्ड तयार गरेको छ । प्रचण्डले ०७४ को स्थानीय तहमा गठबन्धनमा आबद्ध दलले जितेको सिट सुरक्षित राखेर एमालेले जितेको ठाउँमा तालमेलको प्रस्ताव अगाडि सारेका थिए ।

काँग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा जितेको ठाउँमा उसैलाई छोडेर जाऊ । एमाले र अन्य दलले जितेको पालिकामा भागबण्डा गरौँ,’ प्रचण्डको भनाइ थियो ।गठबन्धनबाहेका दलले जितेको पालिकामा पनि काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाको ‘स्ट्रेन्थ हेरेर लडौँ’ भन्ने प्रचण्डको प्रस्ताव थियो ।

प्रचण्डले ६ वटा बुँदासहित सोही प्रस्ताव गठबन्धनको बैठकमा राखेका थिए । उनको प्रस्तावमा काँग्रेस, जसपा र जनमोर्चाका शीर्ष नेताले सहमति जनाए । तर एकीकृत समाजवादीले भने केही विमति राखेको थियो । प्रचण्डले बैठकमा राखेको प्रस्तावमा चुनावी तालमेल गर्दा एकीकृत समाजवादीलाई विशेष ग्राहयता दिने उल्लेख थियो ।

शीर्ष समाचार

धेरै पढिएको