विकास गर्न युटिलिटी करिडोर आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको शहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको बताएका छन् ।
शहरी विकास मन्त्रालयले मंगलवार आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा उनले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न केही ठूला नगरहरूमा आगामी आर्थिक वर्षदेखि पाइलट प्रोजेक्ट शुरू गरिने बताए ।
तराई मधेश केन्द्रित सघन शहरी विकास कार्यक्रममार्फत जनसांख्यिक सन्तुलन कायम गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो ।शहरी विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्दै विकास निर्माणमा दोहोरोपन हटाइने प्रधानमन्त्री देउवाले बताए ।
प्रतिकृया दिनुहोस्