हाम्रो लागि चुनाव लडाइँ हो: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ लाग्नुपर्ने बताए । आवश्यकपर्ने नीतिको अभावमा परिवर्तनको प्रतिफल नपाउने अवस्था हटाउनुपर्नेमा उनले जोड छ।
प्रचण्डले स्थानीय चुनाव माओवादीका लागि लडाई भएपनि अरुलाई चुनावका लागि चुनाव मात्रै भएको बताएका छन् । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले प्रचारको भीषण आक्रमण थालेर चुनावमा लाग्न आग्रह गरे।
‘यो चुनाव अरुको लागि चुनाव हो । हाम्रो लागि लडाइ हो’ प्रचण्डले भने,‘अहिलेका परिवर्तनका उपलब्धि रक्षाका लागि माओवादीले चुनाव जित्नै पर्ने छ। संघीय लोकतान्त्रिक माओवादीले ल्याएको हो। त्यसको रक्षा गर्नै पर्ने छ।
अरुलाई यो गए के हुन्छ माओवादीले ल्याएको बेठीक थियो गयो भन्ने हुन्छ।’ संघीय लोकतान्त्रिक व्यवस्थाको माया माओवादी बाहेक अरुलाई नभएको प्रचण्डले बताए ।
प्रतिकृया दिनुहोस्