October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

सरकारले चुनाव भाँड्ने र स्थानीय तह रिक्त बनाउने षड्यन्त्र गरिरहेको ओलीको आरोप

file photo

काठमाडौं, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कानमा तेल हालेर सारा षड्यन्त्र गरिरहेको बताएका छन् ।
सोमबार बझाङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकार कानमा तेल हालेर सारा षड्यन्त्र गरिरहेको छ । ज्वाइँ नियुक्त गर, सम्धि नियुक्त गर, भाइ नियुक्त गर, अर्काे नियुक्त गर, सालो नियुक्त गर भतिजो नियुक्त गर, यसैमा लागेका छन् सरकारमा बसेकाहरू ।’

सरकारले चुनाव भाँड्ने र स्थानीय तह रिक्त बनाउने षड्यन्त्र गरिरहेको ओलीले आरोप लगाउदौ भने, ‘चुनाव रोक्ने कोसिस धेरैपल्ट गरिसक्यो, हामीले विरोध गरेर समयमै, समयमै त अझ फागुनमा गर्नुपर्थ्यो कानूनअनुसार, संविधानअनुसार, कानून परिवर्तन गरेर, संसद अन्त्य गरेर, अध्यादेश ल्याएर नक्कली कानून ल्याएर चुनाव नगराउन खोजेको छ ।’

शीर्ष समाचार

धेरै पढिएको