February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

थप २२ जनामा कोरोना संक्रमण, ४६ जना डिस्चार्ज

काठमाडौं, सोमबार थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । ५ हजार १४४ नमूनाको परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर ५६८ जना कोरोना संक्रमित रहेका छन् । यसैगरी पछिल्लो २४ घन्टामा थप १५ हजार ३५५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
 

शीर्ष समाचार

धेरै पढिएको