सहि सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सहि सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने बताएका छन् ।
सोमबार राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उनले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यमको दायित्व अझ बढेर गएको बताएका हुन् ।
उनले भने, “आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन देशको महान् उत्सव हो, निर्वाचनमा हामी सबै जवाफदेही र निष्ठापूर्वक इमान्दार भएर लाग्नुपर्छ ।”
यसैगरी सूचनाको प्रभाव व्यापक ढङ्गले पर्र्दै आएको विश्वव्यापी उदाहरण दिँदै उहाँले सही सूचना जनतासमक्ष जति पुर्याउन सकियो त्यति नै जनता बलियो हुने बताए । उनले अझै पनि केही राजनीतिक शक्ति निर्वाचनको प्रक्रियामा सहभागी हुन चाहिरहेको अवस्था देखिएकोले त्यस्ता शक्तिलाई निर्वाचनमा ल्याउन अधिकतम प्रयत्न गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस्