September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

अर्थमन्त्री शर्मालाई ओलीको कटाक्ष: “अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो”

file photo

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर सरकारले निर्लज्जता प्रकट गरेको आरोप लगाएका छन् ।

आज बिहान पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले
अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलिको बोको बनाउने काम गरेको आरोप लगाएका छन ।

अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको उनको भनाई छ ।

त्यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाई नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको समेत बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको