काठमाडौं, सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा आइतबारदेखि बढेसँगै यातायात व्यवस्था विभागले आज नै भाडादरको सूची सार्वजनिक गरेको छ ।

विभागका अनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको हो । पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेक अनुसार नयाँ भाडादर आइतबारबाटै लागू भएको हो ।
यसैगरी अब इन्धनको मूल्य ५ प्रतशितभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन हुने भएको छ ।







