
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका छन् । आइतबार एमालेनिकट बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने उनको भना छ । देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको भन्दै उनले नाफामूलक राजनीति गर्नेले नाफा नहुनेबित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप लगाएका छन् ।
यसैगरी समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उनले देश र जनताको समानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको उनले स्पष्ट पारेका छन् ।







