
काठमाडौं, नेपालमा थप २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ६९०९ नमूनाको परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६६ जना कोरोनामुक्त भएका छ्न् भने आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ३० हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।







