
काठमाडौं, छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारसबाट दिल्ली फर्किएका छन् ।आज बिहान बनारस पुगेका उनी दिउँसो दिल्ली फर्किएका हुन् ।
यसैगरी भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आजै साँझ ६ पछि नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
बनारसस्थित काशी विश्वनाथ मन्दिरमा प्रधानमन्त्री देउवाले विशेष पूजा गरेका थिए भने उक्त कार्यक्रममा देउवा पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको सहभागीता थियो ।
यस्तै पूजापछि प्रधानमन्त्री देउवाले एक वृद्धाश्रमको शिलान्यास समेत गरेका छन् । ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा नेपाल सरकारले बनाउन लागेको वृद्धाश्रमको प्रधानमन्त्री देउवाले शिलान्यास गरेका हुन् ।







