
कोरोना भाइरस संक्रमण सुरु भएपछि सरकारले अन्तिम समयमा परीक्षा स्थगित गरेपछि पहिलोपटक विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरिएको हो । ४ लाख ८२ हजार ९ सय ८६ जनाले परीक्षा फाराम भरे पनि राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ७२ हजार ७८ जनाको प्रमाणित प्राप्तांकको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन ।
२०७६ साल चैत ६ गतेदेखि गर्ने तयारी भएको एसईई परीक्षा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले अघिल्लो दिन स्थगित गरेको थियो । महामारी नरोकिएपछि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरेर सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
नतिजा हेर्न तलको लिङ्क क्लिक गर्नुहोस
१. www.see.gov.np
२.www.neb.gov.np
३.www.doe.gov.np
४.www.see.ntc.net.np
५.www.see.edusanjal.com





