
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ५८१ जनामा कोरोना पुष्टि भएको छ । ११ हजार ५२० जनाको परिक्षण गर्दा ५८१ जनामा कोरोना देखिएको हो । योसँगै कुल सङ्क्रमितको सङ्ख्या २७ हजार २८१ पुगेको छ । यी सङ्क्रमितमध्ये १६८ जना उपत्यकाको रहेका छन ।
सोमबार १६० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन भने हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ४९५ रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रीगिङमा बाताएका छन ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १०७ रहेको छ ।





