May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

छिट्टै मन्त्रिपरिषद हेरफेर हुँदै, माओवादीले आफ्नो हैसियत अनुसार भाग दाबी गर्छ: प्रचण्ड

जनकपुरधाम, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा चाँडै हेरफेर हुने बताएका छन् ।

मंगलबार धनुषाको जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना बढेको बताएका हुन् ।

अब हुने मन्त्रिपरिषद् हेरफेरमा माओवादीलले आफ्नो हैसियतअनुसारको भाग दाबी गर्ने इन । यसका लागि प्रधानमन्त्रीसँग आफूले कुरा राखिसकेको प्रचण्डको भनाइ छ ।उनले भने,‘माओवादी सबैलाई सहयोग गर्न मात्रै बनेको जस्तो भएर अब हुँदैन ।

जसलाई भन्यो उसैलाई प्रधानमन्त्री बनाउन पनि माओवादी नै चाहिँने तर अब मन्त्रिपरिषद् हेरफेर हुँदा हैसियत अनुसार चाहिन्छ ।’

शीर्ष समाचार

धेरै पढिएको