
पछिल्लो २४ घण्टामा नेपालमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७५२ जनामा परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या संख्या १४७ रहेको छ। हालसम्म कोरोनाले ११ ९५० जनाको मृत्यु भएकोछ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १३५ जना रहेको छ ।







