April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

गठबन्धनको भर छैन आफ्नै खुट्टामा उभिनुपर्छ:प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको भर नपरी आफ्नै खुट्टामा उभिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।सिन्धुली पार्टी कार्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कार्यकर्तालाई जनतासँग एकाकार हुन भनेका छन् ।

‘पहिले आफ्नै खुट्टामा उभिने हो, गठबन्धनको भर नपरौँ,’ उनले भने, ‘विगतका कमजोरी सच्याउने र जनतासँग माफी माग्न अप्ठ्यारो मान्न पर्दैन ।’आफू बलियो भए गठबन्धनले आफैं खोज्ने पनि उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको