आगामी निर्वाचनमा ओलीलाई ठूलो सजाय दिनुपर्छ: खनाल

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताए ।
शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानको प्रावधानविरुद्ध गएर संसद विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गरे ।
ऐन उल्लंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उनले नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने बताए ।
प्रतिकृया दिनुहोस्