पछिल्लो २४ घण्टामा नेपालमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी ३३२२ जनाको एन्टीजेन परीक्षण गर्दासमेत ३९ जनामै संक्रमण देखिएको छ।
२४ घण्टामा डिस्चार्ज हुनेको संख्या संख्या ३९२ रहेको छ।
अहिलेसम्म कोरोनाले ११ ९५० जनाको मृत्यु भएकोछ।अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७६ जना रहेको छ ।







