June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुने

स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि दुई दिन उम्मेदवारी दर्ता गर्न समय छुट्याएको जनाएको छ ।

१२ गते नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।

१३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरेर निर्णय गर्ने आयोगले जनाएको छ।

उम्मेदवारले आफ्नो नाम फिर्ता र अन्तिम नामावली प्रकाशनका लागि १६ गते छुट्याइएको छ भने १७ गते चुनाव चिन्ह प्रदान गर्ने तालिका बनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको