April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

देउवासँग दाहाल र नेपालको भेटवार्ता,तोकिएकै मितिमा हुने

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुनिश्चित रहेकोले ढुक्क हुन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको बैठकमा प्रधानमन्त्रीले निर्वाचनबारे ढुक्क रहन आग्रह गरेका छन् ।

छलफलमा प्रधानमन्त्री देउवासँग माओवादी अध्यक्ष प्रचण्डले आगामी निर्वाचनका विषयमा भइरहेको हल्लाबारे जिज्ञासा राखेपछि प्रधानमन्न्रीले आश्वस्त पारे ।देउवाले निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुने बताए ।

शीर्ष समाचार

धेरै पढिएको