थप २७ जनामा कोरोना संक्रमण पुष्टि
- हाम्रो कान्तिपुर
- २०७८ चैत्र ३
पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी ३०९३ जनाको एन्टीजेन परीक्षण गर्दासमेत ५ जनामै संक्रमण देखिएको छ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या संख्या २२० रहेको छ। अहिलेसम्म कोरोनाले ११ ९५० जनाको मृत्यु भएकोछ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७६ जना रहेको छ ।
प्रतिकृया दिनुहोस्