
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा पुरीएरका २१ जनाको शव भेटिएको छ । । शुक्रवार विहानको पहिरोमा पुरिएका ३९ मध्ये २१ को शव निकालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारि दिनुभयो । उहाँका अनुसार आज (सोमवार) थप दुई पुरुषको शव भेटिएको हो । पहिरोमा परि मृत्यु भएका १९ जनाको पहिचान भएको समेत काफ्लेले जानकारी दिएका छन ।
‘वेपत्ता भएकाहरुको खोजी कार्य जारी छ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक काफ्लेले बताएका छन । नेपाली सेना, प्रहरी र स्थानीयले पहिरोमा पुरीएकाहरुको खोजी जारी राखेका छन् ।’





