April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं, साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् । आज बेलुका उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी अल साउद विशेष विमानमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । मन्त्रालयका अनुसार भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको