February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

रुसीको हमलामा न्युयोर्क टाइम्सका पत्रकार ब्रेन्ट रिनाउड मारिए

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् । इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् ।

हमलामा अर्का एक जना घाइते भएका छन् ।इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुखले पुष्टि गरेका छन् ।

गोली लागेर उनका पार्टनर घाइते बनका छन् ।ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको